रानीपोखरीको पुनःनिर्माणको काम छिटो सक्न ठेकेदारलाई निर्देशन

काठमाडौं, असार २७ । काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणको काम छिटो सक्न ठेकेदारलाई निर्देशन दिएको छ । सम्झौतानुसार यही असार मसान्तसम्म काम सक्नुपर्ने भए पनि अझै धेरै काम बाँकी रहेकाले कामपाले अबको केही समयमा काम नसके कारबाही गर्ने चेतावनी दिएको प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।

रानीपोखरी पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले भने गार्डेनरको जिम्मा आफूहरूलाई भए पनि यसको ढाँचा कामपाले नदिँदा काम रोकिएको बताउनुभयो । कामपाले ढाँचा दिएको दुई महिनाभित्र नै आफूहरूले सबै काम सक्ने जिकिर उहाँको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *