प्रमुख तीन दलको बैठक निष्कर्षबिहिन

काठमाडौं । संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन बसेको प्रमुख तीन दलको बैठक निष्कर्षमा पुगेन । संविधान संशोधन प्रस्ताव पास गर्न एमाले तयार नभए पछि बैठक निष्कर्षविहीन भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका पक्षमा एमालेसँग सहयोग मागेका थिए ।

तर, एमालेले चुनावसम्म संविधान संशोधन स्थगित गर्नुपर्ने र चुनावपछि मात्रै छलफल गर्न सकिने बताएपछि बैठक सकिएको हो ।

सत्तारुढ कांग्रेस र माओवादीले आन्दोलनरत राष्ट्रिय जनता पार्टी राष्ट्रिय जनता पार्टीको माग अनुसार संविधान संशोधन गर्नुपर्ने बताए पनि संविधान संशोधनबाहेकका विषयमा राजपालाई मनाउनुपर्ने एमालेको धारणा छ ।

यसअघि प्रधानमन्त्रीले संविधान संशोधन बारे राजापा, राप्रपालगायतका दलसँग छलफल गरिसकेका देउवा संविधान संशोधनपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने र निर्वाचन क्षेत्र निर्धारण आयोग तयारीमा रहेको बताइन्छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डलगायत शीर्षस्थ नेताहरू सहभागी थिए । राजपासँग छलफल गरेर पुनः तीन दलको बैठक बस्ने शीर्ष नेताहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *