होटल पशुपति भिजनमा गोली चल्याे, गुण्डा नाइके गणेश लामा पक्राउ

फागुन, ३० काठमाडौं । काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ । लगत्तै, घटनास्थल पुगेको महानगरीय प्रहरी वृत, गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले पुष्टि गरे ।

यद्यपि, गोली कसैलार्इ लागेको छैन । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा लामाले आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गरेको स्रोतको भनाइ छ । लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ । अहिले काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल घटनास्थल पुगेका छन् । उनले भने, ‘गोली कसैलार्इ लागेको छैन । सोधपुछ भइरहेको छ ।’

लामा यसअघि काभ्रेको क्षेत्र नंं १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका लागि उम्मेदवार बनेका थिए । यद्यपि, उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भएका थिए । उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा चलाएको छ ।

लामा पशुपति भिजनमा होटलमा रहेको जिमखानामा साँझ जाने गरेका थिए  । विजय गच्छदार निकट रहेका लामा हाल नेपाली काँग्रेससँग आबद्ध रहेका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *