चलचित्र ‘शत्रु गते’ले मोफसल टुर गर्दै

धरान, फागुन ३० । पछिल्लो समय गीत संगीत तथा ट्रेलरका कारण चर्चामा रहेको नेपाली चलचित्र ‘शत्रु गते’ले मोफसल टुर गर्दै प्रचारको क्रममा पुर्वी नेपालको ईटहरी आईपुगेको छ । आगामी चैत्र ९ गतेदेखि देशैभरी प्रर्दशनीको तयारीमा रहेको चलचित्र दर्शकको फिडब्याक प्रत्यक्ष रुपमा बुझ्नको लागि यस्तो कार्यक्रमको आयोजना गरेको चलचित्र युनिटले जनाएको छ ।

चलचित्रका बारेमा दर्शकलाई जानकारी गराउन र दर्शकहरुको भावना बुझ्न आफुहरु आतुर रहेको कलाकार हरिवंश आचार्यले बताए ।

‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यस यात्रामा कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा र जुनु रिजाल काफ्ले छन् । सो टुर फागुन २३ गते देखि शुरु गरिएको थियो । फागुन २३ गते हेटौडा , २४ गते नारायणगढ , २५ गते बुटवल , २६ गते पोखरा ,२८ गते बिर्तामोड ,र २९ गते दमक हुदै आज ३० गते इटहरी आईपुगेको हो ।

शत्रुहरुलाई पराजय गर्ने विशेष एकदिनलाई मुख्य विषय बनाईएको चलचित्र ‘शत्रु गते’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिवहरि पौडेल, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, रमेश रन्जन झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक प्रदीप भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

चलचित्र चैत्र ९ मा रिलिज हुनेछ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *