नक्कली नोट छाप्दै गर्दा धरानमा तीन जना पक्राउ

धरान, फागुन ३० । एक हजारको नक्कली नेपाली नोट छाप्दै गरेको अवस्थामा धरान प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले धरान ७ शान्तिपथ स्थित क्वालिटी क्लर ल्यावका ३८ बर्षिया दिपेश शाक्य, ३० वर्षिय मिन कुमार राई तथा २८ वर्षिय मनिष राईलाई नक्कली नेपाली नक्कली नोट २ थान र नोट छाप्न प्रयोग गरिएको फोटोकपी मेशिन सहित पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलका अनुसार बिशेष सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा तीनै जनालाई पक्राउ गरिएको हो । नक्कली नोट छापिएको आशंकामा अनुसन्धान गरिरहेको प्रहरीले एक हप्तादेखिको प्रयासपछि उनीहरुलाई रंगेहात पक्राउ गर्न सफल भएको थियो ।

पक्राउ परेका दिपेश शाक्य क्बालिटी कलर ल्याव संञ्चालन गर्दै आएका छन् भने अन्य दुई जना नक्कली नोट कारोबारी रहेको बुझिएको छ । त्यसैगरी नोट छाप्न प्रयोग गरिएको प्रि ईन्क प्रिन्ट मेसिन कम्प्युटर, पैसा छाप्न प्रयोगमा ल्याईएको कागज समेत बरामद गरेको प्रहरीले जनाएको छ । यसअघि पनि प्रहरीले तीनजनालाई नक्कली नोटसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका सबै ६ जना माथि थप अनुसन्धान भईरहेको र उनीहरुलाई नेपाल राष्ट्रबैंकको खोटा सिक्का अन्तर्गत मुद्दा चलाईने ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

सो ऐन अन्तर्गत दश लाख रुपैया जरिवाना र तीन वर्षसम्म सजाय हुनसक्ने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंक ऐनको परिच्छेद ११ को दफा ९५ (१) मा भनिएको छ–

बैंकले निर्धिारण गरेको नीति विपरीत ब्याज लिनु वा दिनु गरेमा वा जाली वा खोटो वा नक्कली वा प्रतिलिपि मुद्रा जारी गरेमा वा त्यस्तो मुद्रा वितरण वा लेनदेनमा संलग्न भएमा, विदेशी विनिमय कारोबार गरेमा वा त्यस्ता कार्यमा संलग्न भएमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ ।

दफा ९५ बमोजिमको कसूर गर्ने व्यक्तिलाई उक्त कसूरसंग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

(२) उपदफा (१) बमोजिम बिगो जफत गरी बिगो कायम गर्न नसकिने अवस्था भएकोमा कसूरको मात्रा हेरी बढीमा दश लाख रुपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *