धरानको मेयरमा एमालेका तारा सुब्बा, उपमेयरमा एमालेकै मन्जु भण्डारी बिजयी

काठमाडौं, असार २७ । धरान उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका तारा सुब्बा विजयी हुनुभएको छ । सुब्बाले २० हजार ९ सय ७५ मत प्राप्त गर्नुभएको छ । सुब्बा कांग्रेसका उम्मेदवार तिलक राईलाई ४ हजार ८ सय ७३ मतले पछि पार्दै विजयी हुनुभएको हो । ११ दिनसम्म चलेको मत गणना हिजो साँझ सकिएको हो ।

औपचारिक घोषणा भने मध्यरातमा भएको थियो । उहाँका निकटमत प्रतिद्वन्द्वी कांग्रेसका तिलक राईले १६ हजार १ सय २ मत प्राप्त गर्नुभएको छ । एमालेका मन्जु भण्डारी उपमेयरमा निर्वाचित हुनुभएको छ । उहाँले २१ हजार २ सय ५६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्यामा रेग्मीले १४ हजार ९ सय १७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, आठ दल गठबन्धन गरी निर्वाचन लडेका माओवादी केन्द्रका मेयर अईन्द्र बिक्रम बेघाले ११ हजार १ सय ८० तथा उपमेयर संघिय समाजबादी फोरमका उम्मेद्धवार पारस काङवाङ राईले ५ हजार १ सय ८१ मत पाप्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *