अश्लील भिडियो देखाएर रकम असुल्ने पक्राउ

भरतपुर, फागुन ३० । चितवन जिल्ला प्रहरीले सामाजिक सञ्जालमार्फत अश्लिल फोटो र भिडियो देखाएर रकम असुलेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

फेसबुकमार्फत फोटो संकलन गरी अश्लिल भिडियो बनाएर व्ल्याकमेलिङ गर्ने नवलपुर घर भएका हाल भरतपुर महानगरपालिका–१२ राधाकृष्ण चोक बस्ने सुविन केसी भनिने तीर्थ सापकोटालाई चितवन प्रहरीले पक्राउ गरेको हो । पीडितको उजुरीको आधारमा सापकोटालाई भरतपुरको हाकिमचोकबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

प्रहरीका अनुसार आरोपित सापकोटाले विगत केही दिनदेखि युवतीहरुलाई फेसबुकमार्फत साथी बनाई फोटो संकलन गर्ने, अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गर्दै आएका थिए ।

सापकोटाले भरतपुर महानगरपालिका–२२ पटिहानी बस्ने जमुना (नाम परिवर्तन) लाई अश्लिल फोटो बनाएर व्ल्याकमेलिङ गरी गत माघ महिनामा ५० हजार रुपैयाँ असुलेका थिए । रकम लिएको केही दिनपछि उनै युवतीलाई उनले पुनः विभिन्न मोबाइल नम्बरमार्फत फोन गरी अश्लिल भिडियो सामाजिक संजालमा पोष्ट गरिदिने भन्दै ३ लाख रुपैयाँ माग गरेका थिए । युवतीको उजुरीको आधारमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेर सापकोटाको अनुसन्धान गरिरहेको प्रवक्ता ढकालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *