राष्ट्रियसभाले आज अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई निर्वाचित घोषणा गर्दै

काठमाडौं, फागुन ३० । राष्ट्रियसभाले आज अध्यक्ष निर्वाचित भएको घोषणा गर्दैछ ।

अध्यक्षका लागि एमालेका सांसद गणेशप्रसाद तिमिल्सिनाको मात्र उम्मेदवारी परेका कारण उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागिएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्ष उम्मेदवार नउठाएपछि तिमल्सिना निर्विरोध हुनुभएको हो ।

५९ सदस्यीय राष्ट्रियसभामा नेकपा एमालेका २७, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई÷दुई जना सांसद छन् । तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।

यसैबीच राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आगामी चैत ४ गते हुने भएको छ । राष्ट्रियसभाको अध्यक्ष एमालेले लिने भएपछि उपाध्यक्ष माओवादी केन्द्रले लिने सहमति छ ।

अध्यक्ष पुरुष हुने भएकाले उपाध्यक्ष महिला हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *