आज विश्व जनसंख्या दिवस

काठमाडौं, असार २७ । आज विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १९८९ मा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको कार्यकारी परिषद्बाट अनुमोदन भएपछि प्रत्येक वर्षको जुलाइ ११ मा यो दिवस मनाउने गरिएको छ ।

यसवर्ष ‘व्यवस्थित परिवारः समृद्ध राष्ट्रको आधार’ भन्ने नारासहित यो दिवस मनाउन लागिएको जनसंख्या तथा वातावरण मन्त्रालयले जनाएको छ । नेपालमा जनसंख्या व्यवस्थापन गरी व्यवस्थित परिवार र समृद्ध राष्ट्र बनाउनका लागि थुपै्र कामहरु भए पनि विभिन्न कारणले चुनौति भने भएको सरकारको ठहर छ ।

जनसंख्या तथा विकास सम्बन्धी २० वर्षे दीर्घकालीन योजना कार्यान्वयनमा रहेको मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले बताउनुभयो । यसैबीच दिवसका अवसरमा शुभकामना दिनुहँुदै प्रधानमन्त्री शेरबहादुर देउवाले परिवार व्यवस्थापनले समृद्ध राष्ट्र निर्माण हुने भएकाले परिवारको संस्कार, संस्कृति र सक्रियता आवश्यकता पर्ने उल्लेख गर्नुभएको छ । सुनिश्चित र व्यवस्थित परिवारको माध्यमबाट राष्ट्र विकासमा सबैको समन्वयात्क काम आवश्यक रहेको पनि प्रधानमन्त्री देउवाको शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *