माओवादीको चुनावी समीक्षा बैठक

“काठमाडौं, असार २७ । नेकपा माओवादी केन्द्रले आज मंगलबार चुनावी समीक्षा गर्ने भएको छ । त्यसका लागि दिउँसो २ बजे केन्द्रीय कार्यालय बैठक बोलाएको हो ।

दुवै चरणको चुनावमा तुलनात्मक रुपमा कम सिट जितेको विश्लेषण गरेको माओवादी केन्द्रले आज बैठक नै बसेर त्यस विषयमा छलफल गर्न लागेको हो । माओवादी केन्द्र पहिलो र दोस्रो दुवै चरणमा तेस्रो स्थानमा रहेको थियो ।

यो चुनावको समीक्षा गरेर चुनाव हार्नुका कारण खोज्दै प्रदेश २ को चुनावको लागि रणनीति बनाउ लागेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *