पोस्टरमा रहेको कुकुरलाई किन ४ करोड भन्दा बढी तिर्न तयार छन् ??

एक चलचित्रको पोस्टरमा रहेको कुकुरलाई किन्नको लागि मानिसहरुको ताँती लागेको छ । अहिले कुकुरका लागि उनीहरु ४ करोड रुपैयाँसम्म तिर्न तयार देखिएका छन् ।

यो हो, २७ अप्रिलका दिन रिलिज हुन लागेको चलचित्र ‘काला’ को पोस्टरमा रहेको कुकुर । जसलाई किन्न मानिसहरु मरीहत्ते गरेका छन् ।
आखिर के छ त यो कुकुरमा ??

वास्तबमा यो कुकुर किन्न खोजेका हुन् रजनीकान्तका फ्यानहरुले । चलचित्रको पोस्टरमा रजनीकान्त संगै रहेको भएर रजनीकान्तको फ्यानहरुले यो कुकुरलाई यति धेरै रकम दिन तयार भएका हुन् ।

व्यवसायिक कुकुर प्रशिक्षक साइमनका अनुसार जब मलेसियामा रहेका रजनीकान्तका फ्यानहरुले ‘काला’ को पोष्टरमा रजनीकान्तको छेउमा मणि नाम गरेको कुकुरको देखे, उनीहरु उसलाई किन्नका लागि करोडौँ रुपैयाँ तिर्न हानथाप गरिरहेका छन् ।

उनि भन्छन्, ‘केही मानिसहरु यस कुकुरका लागि दुई करोड देखि चार करोड रुपैयाँसम्मको अफर गरिरहेका छन् ।’

तर, आफूले मणिलाई आफ्नो बच्चा जसरी पालेको हुँदा ती अफरहरु ठुक्राएको उनले बताए । ‘कसैले आफ्नो छोराछोरीको लिलामी गर्छ र ?’ उनको भनाइ छ ।

रजनीकान्तको मलेसियामा पनि थुप्रै फ्यानहरु रहेका छन् । रजनीले त्यहाँ काबालीसहित कयौँ चलचित्रको सुटिङ गरेका छन् । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *