विश्वकप छनोटका उत्कृष्ट प्रदर्शन गर्ने ११ स्टारमा पारस खड्का पनि

काठमाडौँ, फागुन २९ । नेपाली क्रिकेटर पारस खड्का विश्वकप छनोटको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने ११ क्रिकेटरमा पर्न सफल भएका छन् ।

समूह चरणका ११ स्टारको नाम आयोजक अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले (आइसीसी) सार्वजनिक गरेको हो ।

जिम्बाब्बेमा लगातार तीन खेल हारेको नेपालले समूह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले हरायो । पारसले भने १८९ रन बनाए, जसमा दुई अर्धशतक पनि छ ।

उनले जिम्बाब्बेविरुद्ध ४० रन, स्कटल्याण्डविरुद्ध ७५ र अफगानिस्तानविरुद्ध ७५ रन बनाएका थिए । हङकङविरुद्ध भने उनले ११ रन मात्र बनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *