प्रधानन्यायधीश विरुद्ध आठ न्यायाधीशद्धारा इजलास बहिष्कार

काठमाडौं, फागुन २९ । सर्वोच्च अदालतका न्यायधीश चोलेन्द्र समशेर जवराले इजलास बहिष्कार गरेको एकदिन पछि थप आठ जना न्यायधीशले इजलास बहिष्कार गरेका छन् ।

आफूहरूको सुझाव विपरित प्रधान न्यायाधीश पराजुलीले न्याय सम्पादनबाट अलग हुन नमानेपछि आठजना न्यायधीशले इजलास बहिष्कार गरेको सर्वोच्च स्रोतले जनाएको छ । उनीहरु आजका लागि तोकिएका कुनैपनि इजलासमा सहभागी भएनन्।

यसरी इजलास बहिष्कार गर्ने न्यायाधीशहरुमा हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, आनन्द मोहन भट्टराई, ईश्वर खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, दीपकराज जोशी र प्रकाशसिंह राउत छन्।

प्रधानन्यायाधीश गोपाल पराजुलीले मंगलबारका लागि ११ इजलास तोकेका थिए। सर्वोच्चमा सामान्यतस् बिहान ११ बजेपछि तोकिएको इजलासमा बहस सुरु हुन्छ। तर बिहानै देखि आठ न्यायाधीश इजलास गएका थिएनन्।

प्रधानन्यायाधीश पराजुलीको इजलास बहिष्कार गरेका न्यायाधीश चोलेन्द्रशमशेर जबराको भने आज इजलास तोकिएको थिएन।

बाँकी इजलासमा भने बहस जारी छ। प्रधानन्याधीश पराजुलीसहित न्यायाधीशहरू तेजबहादुर केसी, ओमप्रकाश मिश्र र डम्बरबहादुर शाही, दीपककुमार कार्की र टंक मोक्तान, केदारप्रसाद चालिसे र सारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी, मिरा खड्का र बमकुमार श्रेष्ठको इजलास बसिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *