तालिबानद्वारा तीन बालबालिका र दुई महिलासहित सात सर्वसाधारणको हत्या

अफगानिस्तान, फागुन २८ । अफगानिस्तानको जलालावादमा आइतबार राति तालिबानहरुले कम्तीमा पनि सात जना सर्वसाधारणको हत्या गरेका छन् ।

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा उनीहरुले रकेट लन्चरबाट एक घरमा आक्रमण गरी ती सर्वसाधारणको हत्या गरेका बताइएको छ ।

नान्गाहार प्रान्तको प्रान्तीय सरकारले दिएको जानकारीअनुसार आइतबार राति तालिबानले गरेको सो आक्रमणमा परी एकै घरका तीन जना बालबालिका र दुई महिलासहित सात जनाको हत्या गरेका हुन् ।

त्यस घटनाको बारेमा थप जानकारी प्राप्त भएको छैन । के कति कारणले उनीहरुले यसरी राति घरमा हमला गरेर ती सर्वसाधारणको हत्या गरेका हुन् भन्ने बारेमा पनि केही नखुलेको अधिकारीहरुले जनाएका छन् ।
पन्ध्रजना तालिबान लडाकू मारिए

उता प्राप्त अर्को एक समाचारमा अफगानिस्तानको हेलमान्ड प्रान्तमा अफगान सुरक्षा निकायहरुले गरेको हवाई कारबाहीमा परी कम्तीमा पनि १५ जना तालिबान लडाकू मारिएका छन् ।

त्यस कारबाहीका क्रममा अरु १२ जना घाइते भएका अफगानिस्तानको रक्षामन्त्रालयले सोमबार जारी गरेको एक वक्तव्यमा जानकारी दिइएको छ ।

अफगान र अमेरिकी सेनाको हवाई सुरक्षा बलको सहयोगमा अफगान राष्ट्रिय सेनाले गरेको सुरक्षा कारबाहीमा परी हेलमान्ड प्रान्तको नाहरी सर्राजमा ती लडाकू मारिएका बताइएको छ ।

त्यसैगरी सोही प्रान्तको छिमेकीमा पर्ने ग्रेस्क जिल्लामा गएको शुक्रबार पनि तालिबानका विरुद्धमा कारबाही भएको र त्यसमा परी १४ जनाको मृत्यु भएको थियो ।

रक्षा मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार सो क्षेत्रमा केही दिनयता निरन्तर रुपमा कारबाही जारी रहेको छ । सो कारबाहीका क्रममा अरु पनि कैयौँ सुरक्षाकर्मी र तालिबान मारिएका थिए ।

गतवर्ष मात्र ३ हजार ४३० को मृत्यु

यसैगरी प्राप्त अर्को एक समाचारअनुसार तालिबानहरुको हिंसाका कारण गएको वर्ष अर्थात सन् २०१७ मा मात्र कम्तीमा पनि तीन हजार ४३० जनाको ज्यान गएको छ । गत वर्षको उक्त कारबाहीका क्रममा सात हजार जना भन्दा बढी घाइते भएका छन् ।

त्यस वर्ष मारिनेमा ६५ प्रतिशत गैरसैनिक नागरिक र बढीमा २० प्रतिशत सुरक्षाकर्मीको रहेका अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले जनाएको छ ।

रासस”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *