धरानमा मोबाईल चोरेको निहुमा निर्घात कुटिएका तामाङको मृत्यु

धरान, फागुन २८ । मोबाईल चोरेको आवेगमा आई धरान – ११ का ५२ वर्षीय ज्योती गुरुङको कुटाईबाट स्थानीय ३१ वर्षिय नविन तामाङको मृत्यु भएको छ ।

उपचारको क्रममा तामाङको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । तामाङलाई गुरुङले फागुन १८ गते मोबाईल चोरेको आरोप लगाउदै खम्बामा बाँधेर सिस्नो पानी हाली निर्घात कुटपीट गरेका थिए । कुटाई खाएका तामाङ फागुन १९ गतेदेखि सिकिस्त बिरामी परेका थिए । मृत्यु हुने तामाङले गुरुङको मोबाइल चोरी गरेर साथीलाई विक्री गरेका थिए ।

तामाङको बुवाले छोराको मृत्यु भएपछि आइतबार अपरान्ह ३ वजे इलाका प्रहरी कार्यालय धरानमा गुरुङ विरुद्ध उजुरी दिएका छन । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरिक्षक रामेश्वर पौडेलले गुरुङलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *