गजल

सुनझैँ हजारचोटी खारे पो जिन्दगी हो

कुन बेहोसीले भन्छ हारे पो जिन्दगी हो ।

 

गमलामा फूल सा¥यौ खासै कमाल के भो

बाँझो भूमिमा विरुवा सारे पो जिन्दगी हो ।

 

हो काल चञ्चले छ आफ्नै लहडमा चल्छ

त्यसलाई च्याप्प छोपी नारे पो जिन्दगी हो ।

 

टाढै कतै बसेर हर्दम गिज्याउँछ जो

त्यो स्वर्गलाई भुइँमा झारे पो जिन्दगी हो ।

 

दानी हुनका निम्ति दौलत हुनेले बाँड्छन्

मानिसले आफैँलाई बाँडे पो जिन्दगी हो ।

 

मूर्दा हो जिउँदै त्यो जोजसले हार मान्यो

मृत्युले हार मानी छाडे पो जिन्दगी हो ।

 

जताततै डढेलो लाग्दा हरियो देख्ने

दोषी नजरको जालो फारे पो जिन्दगी हो ।

 

पर्दै नपर्दा दिक्क दिक्दार जिन्दगीमा

दुर्लभ बनेको चिठ्ठा पारे पो जिन्दगी हो ।

 

औला समाती खोली तार्न सजिलो हुन्छ

तुफानबाट डुङ्गा तारे पो जिन्दगी हो ।

 

अर्को जनम कसैले देख्यो न देख्न सक्छ

यही जिन्दगीमै बाजी मारे पो जिन्दगी हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *