प्रवेश परीक्षा पुनः गर्न माग गर्दै महेन्द्र क्याम्पसमा तालाबन्दी

धरान, फागुन २८ । महेन्द्र बहुमुखी क्यामसमा विद्यार्थी संगठनहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । क्याम्पसमा क्रियाशिल पाँच विद्यार्थी संगठनहरु अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम र संघीय लिम्बुवान विद्यार्थी मञ्चले आइतबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै माग पुरा नभए क्याम्पसमा तालबन्दी जारी रहने जनाएका छन् ।

विद्यार्थी संगठनहरुले विज्ञप्ति मार्फत क्याम्पस प्रशासन समक्ष त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा लागु गरेको सेमेस्टर प्रणाली क्याम्पसका विद्यार्थीहरुको हितलाई मध्यनजर गर्दै विहानी सिफ्टमा सन्चालन गर्नुपर्ने, पुस्तकालयमा पुस्तक तथा अध्ययन सामग्री अपर्याप्त भएकाले नयाँ संस्करणका पुस्तकहरु सहित आवश्यक अध्ययन सामग्री तुरुन्त व्यवस्था गर्नुपर्ने, हरेक संकायको बोर्ड परीक्षा अघि २ पटक प्रिबोर्ड परीक्षा अनिवार्य गराउने व्यवस्था गर्नुपर्ने, हालै सम्पन्न सेमेस्टरको प्रवेश परीक्षामा छुटेका विद्यार्थीहरुलाई पुनः परीक्षा गर्नुपर्ने लगायतका माग अघि सारेको जनाएका छन् ।

विद्यार्थी संगठनहरुको फागुन २३ गते २४ घण्टे अल्टिमेटम सहित दिएको मागलाई क्याम्पस प्रशासनले वास्ता नगरी मौन रहेकाले माग पुरा नभए क्याम्पस प्रशासनमा अनिश्चितकालीन तालबन्दी गरिएको बताइएको छ । तालाबन्दीबाट पठन पाठन भने अवरोध नगरिएको उनीहरुको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *