दक्षिणी रुवाण्डामा चट्याङ लागेर १६ जनाको मृत्यु

 रुवाण्डा, फागुन २८ । रुवाण्डामा चट्याङ लागेर दुई दिनयता कम्तीमा १६ जनाको मृत्यु भएको समाचार छ ।

दक्षिणी रुवाण्डामा भएको सो घटनामापरी अरु दर्जनौँ व्यक्ति घाइते भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।

“शनिबार बिहान ११ बजेतिर प्रार्थना गरिरहेका बेला ४५ जनालाई आकासबाट चम्किएको विद्युतले हानेको थियो, त्यसलगत्तै भूईँमा लडेका उनीहरुको घटनास्थलमै निधन भएको हो” एकजना स्थानीय नागरिकले सञ्चारकर्मीलाई जानकारी दिए ।

त्यस दुर्घटनामा परी अरु पनि कैयौँ घाइते भएका र त्यसमध्ये १४ जनाको मृत्यु भएको न्यारुगुरुका मेयर फ्रान्कोइस आबिटेगेकोले बताए ।

उनले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुको अस्पतालमा उपचार भइरहेको पनि जानकारी दिए ।

त्यसबाहेक अन्य दुई जनाको यसअघि शुक्रबार यस्तै चट्याङ लागेर मृत्यु भएको थियो । शुक्रबारको घटनामा अरु १६ जना घाइते भएका थिए ।

 

रासस”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *