जुवा खेलिरहेको अवस्थामा दुई प्रहरी सहित सात पक्राउ

काठमाडौँ, फागुन २७ । काठमाडौँकाे एक रेष्टुरेन्टबाट जुवा खेल्दै गरेका दुई जना प्रहरी सहित सात जना पक्राउ परेका छन् ।  काठमाडौं–२६, गोंगबुस्थित कालो बंगुर सेकुवा घरमा गएराति जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी अधिकारी हवल्दार इन्द्र थापा र प्रहरी जवान सुरज थापा रहेका छन् । उनीहरुसँगै अन्य ५ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने अन्यमा शैलेन्द्र खड्का, सञ्जयकुमार तामाङ, अरुणकुमार महर्जन, अनिल गुरुङ र विष्णु श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । जुवा खेलाउने सेकुवा घरका मालिक अर्जुन ठकुरी भने फरार छन् ।

उनीहरुको साथबाट १ लाख ४७ हजार १ सय रुपैयाँ रकम समेत बरामद भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । उनका अनुसार थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *