सुर्खेतमा भ्यानको ठक्करबाट मृत्यु

सुर्खेत, फागुन २७ । भेरीगंगा नगरपालिका–१२ मसिनामा पिकअप भ्यानको ठक्करबाट आज ५२ वर्षीय भूपेन्द्र खत्रीको मृत्यु भएको छ ।

सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको लु१च ५७६० नंको भ्यानले पैदल हिँडिरहेका खत्रीलाई आज बिहान ठक्कर दिई घाइते भएका थिए । घाइते खत्रीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा छिन्चुमा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक कवि सेञ्चुरीले जानकारी दिए ।

ठक्कर दिने भ्यानका चालक रुपन्देही जिल्ला सैनामैना नगरपालिका निवासी २९ वर्षीय उमेश पन्थीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *