आज विश्वासको मत लिंदै प्रधानमन्त्री, दुई तिहाईको समर्थन निश्चित

काठमाडौं, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिंदैछन् । उनले दुईतिहाइभन्दा बढी मत पाउने निश्चित भएको छ ।

राष्ट्रिय मान्यता पाएका दलमध्ये नेपाली कांग्रेस मात्र प्रतिपक्षमा देखिएको छ । अन्य सबै दलले ओलीलाई मत दिने बताइसकेका छन् । राजनीतिक समीकरण अनुसार ओलीको पक्षमा २ सय ९ मत पर्ने देखिएको छ।

नेपाल मजदुर किसान पार्टीले पक्षमा मतदान गर्ने सम्भावना छ । तर, निर्णय भने गरिसकेको छैन।

२७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्रीको पक्षमा २१० मत खसे त्यो कुल संख्याको ७६.३६ प्रतिशत हुनेछ । नयाँ शक्ति पार्टी पनि विपक्षमा नै उभिने भएको छ । तर सो दलका एकमात्र सांसद डा। बाबुराम भट्टराई विदेश भ्रमणबाट आइतबार साँझमात्रै स्वदेश फर्कंदै भएकाले उनी मतदानमा सहभागी हुने छैनन् ।


प्रतिनिधिसभाको आइतबार बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राखेपछि छलफल सहित पक्ष र विपक्षमा मतदान हुनेछ।

सरकारको पक्षमा उभिएका दल
एमाले १२१
माओवादी केन्द्र ५३
राष्ट्रिय जनता पार्टी १६
संघीय समाजवादी फोरम १६
राष्ट्रिय जनमोर्चा १
राष्ट्रिय प्रजातन्त्र पार्टी १
स्वतन्त्र (छक्कबहादुर लामा) १
जम्मा २०९
खुल्न बाँकी
नेपाल मजदुर किसान पार्टी १

विपक्षमा
कांग्रेस ६३
नयाँ शक्ति १”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *