बैतडीमा माटोको ढिस्कोले पुरिएर मृत्यु

बैतडी, फागुन २७ । माटोको ढिस्कोले पुरिएर बैतडीमा एक स्काभेटर सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर, रैनाखोलाका १९ वर्षीय भानुभक्त श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

गए राति दशरथचन्द नगरपालिका–२ हल्लेक–कुणीभिटा ग्रामीण सडक निर्माण गरिरहेका बेला एक्कासि माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रहरीको टोली अहिले घटनास्थलतर्फ गएको छ । प्रतिघण्टाको हिसाबले पारिश्रमिक पाइने भएकाले राति पनि सडक निर्माणको काम गरेको हुनसक्ने प्रहरीले जनाएको छ । स्काभेटर प्यूठान झुमितका २९ वर्षीय डम्बर नगरकोटी स्काभेटर चलाइरहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *