सुच्चा राई कल्याण्कारी समाजको चौथो राष्ट्रिय महाधिबेशन शुरु

फागुन २६, धरान । सुच्चा राई कल्याणकारी समाजको चौथौ राष्ट्रिय महाधिबेशन तथा जिल्ला अबिधेशन सम्पन्न भएको छ । सुनसरीको धरानमा शनिवार कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले महाधिबेशनको उद्घाटन गरेका थिए ।

उद्घाटन शत्रका प्रमुख अतिथि सुब्बाले देशको प्रमुख समस्या भ्रष्ट्राचारलाई निर्मुल गर्ने नभई जरै देखि उखेलेर फाल्नु पर्नेमा जोड दिँदै भ्रष्टाचार कम भए विकास र संबृद्धिमा टेवा पुग्ने बताए ।
महाअधिबेशनको सफलताकोे शुभकामना दिँदै सुब्बाले राष्ट्र समृद्धिका निम्ती हरेक जातजाती समुदाय एक भएर लाग्नुपर्ने बताए । नेपालको विकास निर्माण धेरै पछि परेको बिभिन्न उदाहरण दिँदै मेयर सुब्बाले दल र नेता नसुध्रिएकाले नेपालीको भविश्य सुनिश्चित नभएको दावी गरे ।

कार्यक्रममा सुब्बाले बिभिन्न बिचारले अहिले देश चलेको भन्दै बिभिन्न क्षेत्र र समुदायका माग पुरा हुने गरी संबिधान संसोधन गरेर मात्रै देशमा स्थानियत्व आउने जिकिर गरे ।
कार्यक्रममा क्षेत्रीय प्रशासन कार्यलय प्रमुख एसएसपी हरी बहादुर पाल, संस्थाका अग्रज सल्लाहकार कुमार राई, संस्थापक अध्यक्ष हिमालधन राई, ब्यवसायी मानबहादुर दियाली लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष ओम सुच्चाको अध्यक्षतामा भएको उद्घाटन सत्रको सञ्चालन भने संस्थाका महासचिव बिनोद कुमार राईले गरेका थिए ।
सोही महाअधिबेशन अन्र्तगत आज बन्द शत्र जारी रहेको छ । सुनसरीको धरानमा जारी बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *