५ लाख बराबरको पुराना नोटको खरिद–बिक्री

काठमाडौं, असार २६ । पुराना नेपाली नोटका प्रदर्शनीमा करिब रु पाँच लाख बराबरको नोटको खरिद–बिक्री भएको छ । नेपाल फिलाटेलिक सोसाइटीले आफ्नो स्वर्णोत्सवका उपलक्ष्यमा यही असार २३ गतेदेखि नेपाल कला परिषद्मा आयोजना गरेको नेपाली नोटको प्रदर्शनीमा करिब दुई हजार सहभागी भएको जनाइएको छ ।

उन्नाइस संकलकले संकलन गरेका नोट प्रदर्शनीमा विसं २००२ मा छापिएका रु ५, १० र १०० तथा त्यसपछि छापिएका नोट राखिएको थियो । साथै, ६५ मुलुकका नोट पनि उक्त स्थलमा समावेश गरिएको थियो ।

प्रदर्शनीमा सहभागी मुद्रा संकलक जयहरि झाले सर्वसाधारणलाई पनि नोट जतन गरी संकलन गर्नुपर्ने सुझाव दिँदै त्यसबाट कारोबारसमेत गर्न सकिने बताए ।

सोसाइटीका अध्यक्ष शंकर श्रेष्ठले नेपालमा विभिन्न समयमा भएका नोटको उत्पादन तथा त्यसको विकासक्रमबारे जानकारी गराउन प्रदर्शनी उपयोगी भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *