अफगानिस्तानलाई १९५ रनको लक्ष्य

फागुन,२६ काठमाडौं । विश्वकप छनोटमा नेपालले अफगानिस्तानलाई १९५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको नेपालले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर १९४ रन बनायो ।

नेपालले मात्र १३ रन जोड्दा ओपनर अनिलकुमार साहलाई गुमाएको थियो । तर, कप्तान पारस खड्काले  ब्यक्तिगत ७५ रन जोड्दै उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरे ।

२६ औं ओभरको अन्तिम बलमा रसिद खानले ज्ञानेन्द्रलाई एलबीडब्लू धरापमा पारे ।

त्यसपछि अफगान बलर हावी भए । थप ६ रन जोड्दा कप्तान पारस खड्का आउट भए । आक्रामक पारी खेलेका उनी ७५ रनमा पभेलियन फर्किएका हुन् । त्यसपछि नेपालले ठूलो पारी खेल्न सकेनन् । दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले प्रयास गरेका थिए तर, सकेनन् । ऐरी ३२ र शेख २३ रनमा आउट भए ।

उपकप्तान ज्ञानेन्द्रले २३ रन बनाए । अरु ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । अफगानिस्तानका नाबीले ४ विकेट लिए भने रसिद खानले ३ विकेट आफ्नो नाममा लेखाए ।

आईसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अफगानिस्तानविरूद्ध नेपाल (लार्इभ सहित)

https://www.youtube.com/watch?v=A420JdwD4fo”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *