कप्तान पारस खड्का अाउट , ७५ रन बनाए
२०७४ जेठ १५ गते

“
एजेन्सी । जिम्बाम्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गतको अफगानिस्तानविरूद्धको खेलमा नेपाली कप्तान पारस खड्का आउट भएका छन् । उनले ८२ बलमा ७५ रन जोड्न सफल भए । नेपालले ३ विकेटको क्षतिमा १ सय १६ रन जोडेको छ ।
आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ। अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ। भने तीन खेलमा हार व्यहोरिसकेको अफगानिस्तानका लागि पनि सुपर सिक्स पुग्ने झिनो आशा कामय राख्न आजको खेल जित्नै पर्ने देखिन्छ।
प्रतियोगितामा नेपालको सुरुवात पनि गतिलो हुन सकेको छैन। सुरुवाती दुई खेल गुमाइसकेको नेपालको सुपर सिक्समा पुग्ने आशा बने बाँकी नै छ। त्यसका लागि नेपालले शनिबार अफगानिस्तान र सोमबार हङकङलाई पराजित गर्नुपर्ने हुन्छ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








