नेयमार नबेचे पिएसजीलाई युएफाको कारबाही

पेरिस। पेरिस सेन्ट जर्मन (पिएसजी) का स्टार खेलाडी नेयमार समाचारहरुमा यस सिजनभरि नै रियल म्याड्रिडसँग जोडिएका छन् । पिएसजीले उनलाई यही सिजन १ सय ९८ मिलियन पाउन्डमा भित्राए पनि नेयमारको पेरिसमा समय समाप्तजस्तै देखिन्छ ।

पिएसजीले यस सिजन नेयमार भित्राएका हुन् भने अहिले लोनमा रहेका किलियन बाप्पेलाई पनि पिएसजीले स्थायी रुपमा अनुबन्ध गर्दै छ । बाप्पेलाई पिएसजीले १ सय ६० मिलियन पाउन्ड खर्चिन गइरहेको छ ।

यदि पिएसजीले युएफाको फाइनान्सियल फेयर प्ले अनुरुप चल्ने हो भने उसले नेयमारलाई बेच्नु पर्ने हुन्छ । बाप्पेलाई किनेर नेयमारलाई पनि क्लबमै राखे पिएसजीलाई युएफाले कारबाही गर्ने बताइएको छ । केहि सिजनका लागि खेलाडी नै किन्न नपाउने दण्ड पिएसजीले पाउने सम्भावना हुने छ ।

यस सिजन पिएसजीले च्याम्पियन्स लिग जित्ने सपना बोक्दै नेयमारलाई किनेको थियो । तर यहि साता रियल म्याड्रिडसँग पराजित हुँदै पिएसजीको च्याम्पियन्स लिग यात्रा पनि सकियो । नेयमार भने घाइते भएका कारण सो खेलमा उपस्थिति नै जनाउन पाएनन् ।

नेयमार अझै ३ महिनाका लागि घाइते छन् । यस अवस्थामा अब नेयमारलाई पिएसजीको जर्सीमा फेरि नदेखिने सम्भावना बढ्दो छ । यस सिजनको अन्त्यमा रियलले नेयमारलाई अनुबन्ध गर्ने समाचार कैयौं श्रोतहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *