सुनिता र कृष्णभक्तको ‘घर राम्रो चुनले’ बजारमा (भिडियोसहित)

 भरतराज शर्मा(गोपाल)

धरान, (सुनसरी) फागुन २६ । चर्चित गायिका सुनिता थेगिम र गायक तथा संगितकार कृष्णभक्त राईको आवाजमा सजिएको ‘घर राम्रो चुनले’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

जित लिम्बुको शब्द , संगित तथा गायक राई कै एरेञ्जमा तयार गरिएको गित ‘घर राम्रो चुनले’ को म्यूजिक भिडियो युट्यूव मार्फत सार्वजनिक भएको हो । मनको रोजाई र यौवनको अनुभुतिलाई गितको माध्यम द्धारा पूर्वेली भाकामा पोखिएको यस गितको मुख्य आकर्षण थेगिम र राईको युगल आवाज नै हो ।

अडियो नै लोकप्रिय रहेको यस गितको म्यूजिक भिडियो तयार भई सार्वजनिक नै भएपछि हजारौ दर्शकहरुको रोजाईमा पर्न सफल भएको छ ।

बैसको छताछुल्ल उमङगलाई समेटेर माया प्रेममा व्यक्त गरिएको भावलाई भिडियोका कलाकार निर्भिक राई र नुमा लिम्बुको जोडीले असाध्यै कलात्मक ढंगले प्रस्तुती दिएका छन् ।

दर्जनौ भिडियोमा देखा परिसकेका कलाकार राई र कल्चरल प्रस्तुतीलाई दमदार तबरले निर्वाह गर्न माहिर लिम्बु बिचको प्रेमिल भावलाई मिलनमा परिणत गर्न चढाईएको बिन्तीलाई समेटिएको कथा निर्देशक प्रकाश लिम्बुले रचनात्मक बनाएकाछन् ।

पूर्वेली लिम्बु समुदायको परिवेशलाई केन्द्रित गरि बनाईएको भिडियोको दृष्य खिच्ने र सम्पादन गर्ने कार्य खगेन्द्र पंधाक र बिबि लिम्बुले गरेका हुन्

https://www.youtube.com/watch?v=tXJtIJ3-dlE”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *