बार्सीलाेना स्टार भन्छन् ‘यो सिजन बार्सिलोनामा मेरो फरक भुमिका छ‘

बार्सिलोना । बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीले यस सिजन टोलीमा आफ्नो पहिले भन्दा फरक भुमिका रहेको स्वीकारेका छन् । लियोनल मेस्सीले यस सिजन आफ्नो भुमिका पहिले जस्तो आक्रामक नभई खेलमा सन्तुलन ल्याउनतिर बढि रहेको बताएका छन् ।

मेस्सीले यस सिजन आफ्नो भुमिका मिडफिल्ड र फरवार्ड लाइनलाई जोड्ने रहेको खुलाएका छन् । त्यहि पनि मेस्सीले पर्याप्त गोल गर्दै अहिले टोलीमा नेयमारको कमी टोलीमा खड्किन दिएका छैनन् । नेयमार यसै सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन प्रस्थान गरेका हुन् ।

सबै प्रतियोगितामा मेस्सीको ४१ खेलमा ३२ गोल तथा १६ असिस्ट रहेको छ । एट्लेटिको म्याड्रिडविरुद्ध आकर्षक फ्रि-किक प्रहार गर्दै उनले करियरको ६ सयौं गोल पनि पुरा गरेका थिए ।

“पहिले म बार्सिलोनाको आक्रमणको सबैभन्दा अगाडी हुन्थें । तर केहि समययता म केहि पछाडि खेल्न सुरु गरेको छु । तर ठिक ठाउँमा पुगेर गोल गर्ने विचार भने खेलको हरबखत ममा भई रहन्छ ,”मेस्सीले बताएका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *