झापा गोल्डकपमा आर्मी र मनाङ–मस्र्याङ्दी भिड्ने

झापा, फागुन २६ । झापा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुने भएको छ । आजको खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ–मस्र्याङदी क्लब भिड्नेछन् ।

हिजो थ्रीस्टार क्लबलाई पराजित गर्दै आयोजक टोली झापा–११ तेस्रो संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । झापा–११ यसअघिका दुईओटै संस्करणमा पनि फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *