नेपाल आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दै 

काठमाडौं, फागुन २६ । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्ने छ ।

जिम्बावेमा जारी प्रतियोगितामा नेपालले आज बुलावायो स्थित एथ्लेटिक क्लबमा नेपाली समय अनुसार दिउँसो १:१५ बजे अफगानिस्तानको सामना गर्नेछ । एक दिवसीय खेलमा नेपाल र अफगानिस्तान अहिलेसम्म सात पटक प्रतिस्पर्धा गरेका छन् । अफगानिस्तान ६ खेलमा र नेपाल एउटा खेलमा विजयी भएको छ ।

सुपर सिक्समा आफनो स्थान सुरक्षित गर्नका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । लगातार दुई खेलमा नेपालले हार बेहोरेको छ । नेपालले एक दिवसीय मान्यता पाउनका लागि बाँकी दुबै खेल जित्नैपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *