भिजन फिटनेश एण्ड जीम क्लबद्धारा धरानका तीन महिला सम्मानित

धरान, फागुन २५ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर भिजन फिटनेश एण्ड जीम क्लबले तीन जना महिलालाई सम्मान गरेको छ । धरानको खेल तथा सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै तीन महिलालाई सम्मान गरिएको हो ।

सम्मानित हुने महिलाहरुमा दक्षिण एशियामा दक्षिण बाहु र त्रिपटा शक्ति अवार्ड समेत पाप्त गरिसकेकी गीता थापा मगर, राष्ट्रिय बक्सिङ खेलामा पदकधारी दिया लिम्बु तथा छमछमिकी उपबिजेता मनिता राई रहेका छन् ।

तीनै जनालाई कार्यक्रमका अतिथी डिएपी रामेश्वर पौडेल, महिला सञ्जालकी धरान अध्यक्ष शिला बज्राचार्य तथा नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष नरेन्द्र लिम्बु पोमो लगायतले सम्मान गरेका थिए ।

तीनै जनालाई मायाको चिनो तथा दोसल्ला ओढाई सम्मान गरिएको क्लबका अध्यक्ष केशब श्रेष्ठले जानकारी दिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *