मोरङका नाका साँझदेखि बन्द हुने

विराटनगर, फागुन २५ । सीमावर्ती भारत विहारको अररिया जिल्लामा हुन लागेको लोकसभाको सदस्य पदको उपनिर्वाचनका कारण आज साँझ ६ बजेदेखि ४८ घण्टाका लागि सीमा नाका बन्द हुने भएको छ ।

अररियासँग जोडिएको मोरङको सीमावर्ती क्षेत्रका साथै सुनसरी जिल्लाको आधा सीमावर्ती क्षेत्रमा आज साँझ ६ बजेदेखि आइतबार साँझ ६ बजेसम्म आवागमन पूर्णरुपले बन्द हुने मोरङका प्रजिअ रामप्रसाद आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *