‘शालिक युद्ध’को चपेटामा महात्मा गान्धी पनि

“नयाँ दिल्ली । भारतको केरालामा रहेको महात्मा गान्धीको शालिकमा केही युवाहरुले ढुङ्गा प्रहार गरेर शालीकको चस्मा फुटाइदिएका छन् । लेलिनको शालिक ढलाएर शुरु भएको शालिक युद्ध महात्मा गान्धीको सम्म पुगेको हो ।

यी आक्रमणको शुरुवात यो हप्ता उत्तरपुर्वी राज्य त्रिपुराको प्रदेश चुनावमा भाजपाको विजयपछि लेनिनको शालिक ढालेर शालिकको टाउको फुटबल खेलेको खबर आएपछि भएको हो । सो चुनावी परिणामले २५ वर्षीय कम्युनिष्ट शासनको अन्त्य गरेको थियो ।

त्यसपछि भाजपाका प्रतिद्वन्द्वीहरुले अरु शालिकहरुमाथि आक्रमण गर्न थाले । यसमा हिन्दु राष्ट्रवादी श्यामा प्रसाद मुखर्जी, दलित नेता अम्बेडकरको शालिकहरु आक्रमणको शिकार भए । गान्धीको शालिकमाथिको  आक्रमणमा भने राजनैतिक दलहरु एक अर्कोलाई आरोप लगाइरहेका छन् ।

विगतमा यस्ता विवादलाई वेवास्ता गर्ने गरेको आरोप लाग्ने गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शालिक माथिको हमला तत्काल रोक्न निर्देशन दिएका छन् । पत्रिकाहरुले भाजपाका राष्ट्रिय अध्यक्ष तथा मोदीका दाहिने हात मानिने अमित शाहले आफ्नो पार्टीको स्थानीय नेताहरुलाई पार्टीका उग्रकार्यकर्तामाथि निगरानी राख्न माग गरेको रिपोर्ट दिएका छन् ।

“पछिल्लो समय भइरहेको शालिकमाथिको हमला निक्कै दुभाग्यपूर्ण रहेको छ । हाम्रो पार्टी कसैको पनि शालिक ढाल्ने कुराको समर्थन गर्दैन,” शाहले भने ।

शाहले यसो भने पनि विपक्षी पार्टीहरुले स्थानीय भाजपाका कार्यकर्ताहरुले ‘शालिक युद्ध’ शुरु गरेको आरोप लगाउँछन् । मोदीको अपार लोकप्रियता र भाजपाको सफल चुनाव रणनीतिले गर्दा भाजपाले हाल भारतका २९ राज्य मध्य २१ मा सरकार बनाउन सफल भएको छ । सन् २०१४ मा केन्द्रिय सत्तामा आउनु अघि उसको सात राज्यमा मात्र सरकार थियो ।

लेनिनको शालिक ढालिएको केही घण्टा दक्षिणपन्थीहरुले सो घटनालाई न्यायोचीत ठहर्याउने प्रयासमा लागे । भाजपा नेता शुब्रमन्नियम स्वामीले रुसी नेतालाई आतङ्कवादीको आरोप लगाए । “यस्तो मान्छेको शालिक हाम्रो देशमा हुनु सहि हो?,” उनले प्रश्न गरेका थिए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *