नोबेलमा आठ सय विपन्न विरामीको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

विराटनगर, २५ फागुन । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालबाट १० महिनाको अवधिमा करिव आठ सय बिपन्न विरामीको निःशुल्क उपचार गरिएको छ । विपन्न नागरिक औषधि उपचार कोष अन्तर्गत ७ सय ६४ जना न्यून आर्थिक अवस्थाका बिरामीलाई ४ करोड ५४ लाख ७१ हजार बराबरको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

सरकारसँगको सम्झौतापछि नोबेलले उक्त कोष मार्फत गत चैत अन्तिमबाट न्यून आर्थिक अवस्थाका विरामीलाई सहुलियतमा उपचार गर्दै आएको छ । छ प्रकारको रोग भएका विरामीको सहुलियतमा उपचार गरेर औषधिसमेत निःशुल्क उपलब्ध गराईदै आएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले बताएका छन् । ‘सुरुमा धेरैलाई थाहा नहुँदा निःशुल्क उपचारकालागि आउने विरामीको संख्या थोह्रै थियो ।’ उनले भने–‘अहिले महिनामा सय भन्दा बढी विरामीले निःशुल्क उपचार गराउँने गरेका छन् ।’

मुटु रोग, टाउकोको चोट, मेरुदण्डको चोट, पार्किन्सन र अल्जाइमरका बिरामीले १ लाखसम्मको उपचारमा सहुलियत पाउँने गरेका छन् । त्यस्तै मृगौलाको डाईलाइसिस पूर्ण रुपमा निःशुल्क गर्ने गरिएको छ । वडा कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिस लिएर आएका विरामीलाई सहुलियतमा उपचार गर्ने गरिएको नोबेल अस्पतालको सामाजिक स्वास्थ्य ईकाई संयोजक दिपेश न्यौपानेले जानकारी दिए । उनका अनुसार निःशुल्क उपचार गराउँनेमा मोरङ, सुनसरी, झापा, धनकुटा, ईलाम लगायत जिल्लाका विरामीको संख्या धेरै छ ।

सोलुखुम्वु, धनुषा, मकवानपुर, वारा र भक्तपुरका विरामीले पनि नोबेल अस्पतालमा आएर निःशुल्क उपचार गराउँदै आएका छन् । न्यून आर्थिक अवस्थाका कारण उपचारमा समस्या भईरहेका वेला निःशुल्क उपचार पाएपछि राहत महसुस भएको भन्दै विरामी र विरामीका आफन्तले खुशी ब्यक्त गरेका छन् ।

नोबेल अस्पतालमा नियमित डाईलाइसिस गराउँदै आएका सुनसरीका मनुलाल ठाकुरले भने ‘रोगले च्यापेर मृत्युको मुखमा पुगेको थिए, निःशुल्क उपचार पाएपछि वाँच्ने आधार बनेको छ ।’ यता टाउकोमा लागेको गंभिर चोटको उपचारकालागि आफन्तलाई नोबेल लिएर आएका सुनसरी चिम्ढीका विनोद कुमार चौधरीले पनि निःशुल्क उपचारले धेरै राहत मिलेको प्रतिक्रिया दिए । ‘आफ्नै खर्चले उपचार गर्न सक्ने अवस्था थिएन ।’ खुशी हुँदै चौधरीले थपे ‘धन्न निःशुल्क उपचार पाउँनाले ज्यान बचाउँन सकियो ।’

नोबेल अस्पतालमा निःशुल्क उपचारकालागि आउनेमा मुटु रोगका विरामीको संख्या धेरै छ । १० महिनाको अवधिमा करिव ५० प्रतिशत मुटु रोगका विरामीले निःशुल्क उपचार गराएका छन् । अत्याधुनिक उपकरणको सहायतामा स्तरीय डाक्टरबाट गुणस्तरीय उपचार पाएपछि अस्पतालमा विरामीको संख्या पनि बढ्दै गएको नोबेल अस्पतालले जनाएको छ । विश्वकै दुर्लभ र जटिल शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको नोबेल अस्पताललाई गुणस्तरीय उपचारमा अब्बल मान्ने गरिन्छ ।

भिडियाे रिपाेर्ट हेर्नुहाेस्

https://www.youtube.com/watch?v=H219Ub187WE”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *