​मेमा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई भेट्ने

काठमाडौं, फागुन २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका नेता किम जोङ उनसँग वार्ताका लागि तयार हुनुभएको छ । दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयू योङले ह्वाइटहाउसमा भन्नुभयो, ‘ मेमा राष्ट्रपति ट्रम्पले किम जोङ उनलाई भेट्नु हुनेछ ।’चुङले किम जोङ उनले भविष्यमा परमाणु बम तथा मिसाइलको परीक्षणसमेत नगर्ने आश्वासन दिएको बताउनुभयो ।

यो अप्रत्याशित घोषणा दक्षिण कोरियाली प्रतिनिधिमण्डलले उत्तर कोरियाली नेतासँग गरेको कुराकानीपछि आएको हो । एउटा प्रेस कन्फेरेन्समा दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङले भन्नुभयो, ‘हामीले राष्ट्रपति ट्रम्पलाई भन्यौँ कि भेटघाटको समयमा किम जोङ उन निसश्त्रीकरणका लागि प्रतिवद्ध हुनुहुन्छ । राष्ट्रपति ट्रम्पले त्यसपछि मेमा किमसँग भेटेर स्थायी रुपमा नै निसश्त्रीकरण हासिल गर्न चाहेको बताउनुभयो ।’

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प अाफैले पनि भेटका बारेमा ट्वीटरमार्फत पुष्टि गर्नुभएकाे छ । तर उहाँले अमेरिकाले लगाएकाे अार्थिक नाकाबन्दी भने कायम नै रहने बताउनुभएकाे छ । उहाँले अाधिकारि सम्झाैता नभएसङ्ग अमेेरिकी नाकाबन्दी कायम नै रहने दाेहाेर्‍याउनु भएकाे छ । उत्तर कोरिया र दक्षिण कोरियाबीचको सम्बन्धमा शीतकालीन ओलम्पिकपछि सुधार आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *