सभामुखको उम्मेदवारी दर्ता आज, बिहान १० देखि दिउँसो १ बजेसम्म दर्ता गर्न सकिने

काठमाडौं, फागुन २५ । प्रतिनिधिसभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारको मनोनय दर्ता हुदैछ । संघीय संसद भवन, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बिहान १० बजे देखि दिउँसो १ बजेसम्म सभामुखको उम्मेदवारी दिर्ता गर्न सकिने संसद सचिवालयले जनाएको छ । निर्धारित समय भित्र दर्ता भएका उम्मेदवारहरुको अन्तिम नामावली १ः३० बजे प्रकाशन गरिनेछ ।

सभामुखको चुनाव शनिबार १ बजे प्रारम्भ हुने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो । सभामुखका लागि वाम गठबन्धनबाट माओवादी नेता कृष्णबहादुर महरालाई उठाउने तयारी छ ।

राष्ट्रपतिमा वाम गठबन्धनविरुद्ध उम्मेदवार उठाएको कांग्रेसले सभामुखमा भने केही निर्णय गरिसकेको छैन । गणितीय हिसाबले बलियो रहेकाले  वाम गठबन्धनको उम्मेदवार विजयी हुने निश्चित छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *