संसदमा चुनावै चुनाव: यस्तो छ कार्यतालिका

काठमाडौं, फागुन २५ । चैत ५ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक समय सीमाका कारण अबको डेढ सातासम्म संसद्मा नियमित रूपमा चुनाव हुने भएको छ ।

यस अवधिमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिनेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका नेता–उपनेता चयन गर्ने कार्यसूची छ । संसद् सचिवालयले चैत ४ सम्म विभिन्न पदको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ।संसद्का प्रवक्ता भरतराज गौतमका अनुसार प्रतिनिधिसभा सभामुखका लागि शुक्रबार उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । शनिबार सभामुखका लागि मतदान हुनेछ ।

प्रतिनिधिसभा प्रारम्भ भएको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । वाम गठबन्धनको बहुमत रहेकाले गठबन्धनको उम्मेदवार नै सभामुख बन्ने निश्चित छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक–फरक दलको हुनुपर्ने संविधानको धारा ९१ मा व्यवस्था छ । उक्त व्यवस्थाअनुसार नै फरक लिंग र दल मिलाउन उपसभामुखको निर्वाचन केही दिनपछि तोकिएको सचिवालयले जनाएको छ ।

चुनावी कार्यतालिका
-फागुन २५ सभामुख उम्मेदवारी
-फागुन २६ सभामुख निर्वाचन
-फागुन २७ प्रधानमन्त्रीले विश्वासको मत लिने
-फागुन २८ राष्ट्रियसभा अध्यक्षका लागि उम्मेदवारी
-फागुन २९ राष्ट्रपतिको निर्वाचन
-फागुन ३० राष्ट्रियसभा अध्यक्षको निर्वाचन
-फागुन चैत १ उपसभामुख उम्मेदवारी
-फागुन २ उपसभामुख निर्वाचन
-फागुन ३ राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी
-फागुन ४ उपाध्यक्षको निर्वाचन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *