अपहरण गरेर फिरौती माग्ने पाँच पक्राउ, यसरी भएको थियो किशोरीको अपहरण

विराटनगर, फागुन २२ । सुनसरीको हरिनगर गाउँपालिकाका १ भुटाहाबाट होलीका दिन साँझपख एक किशोरीलाई अपहरण गरी फिरौती माग्ने ५ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाका अनुसार भुटाहा घर भएकी १८ वर्षिया किशोरीलाई उनकै छिमेकीहरुले अपहरण गरी मोटरसाईकलमा राखी सुनसरीको उत्तरी क्षेत्रमा लुकाएर राखेका थिए ।

अपहरणमा संग्लन रहेकाहरुले किशोरीलाई सुरक्षित स्थानमा राखे पनि फिरौती वापत उनका परिवारजनसँग ५ लाख रुपैयाँ माग गरेको अनुसन्धानमा खुलेको प्रहरी नायव उपरिक्षक चिमरियाले बताए ।

प्रहरीले अपहरणमा संलग्न रहेको अभियोगमा हरिनगर गाउँपालिका २ बस्ने वर्ष २५ को नजिम साफीसहित सोही स्थानका वर्ष २९ को शमसाद अन्सारी, वर्ष ४५ को अकबर साफी, वर्ष २९ को आलम साफी र इटहरी उपमहानगरपालिका ९ बस्ने विशाल राईलाई आइतवार साँझ पक्राउ गरेको थियो ।

शुक्रवार होली पर्वका दिन जाकिर साफी र हजरत साफीले जबरजस्ती मोटरसाइकलमा हालेर वेपत्ता पारेका परिवारले प्रहरीमा उजुरी गरेको थियो । घटनाबारे जानकारी पश्चात केटी पक्षले वेपत्ता पार्ने समूहका आफन्तलाई फिरौतीका लागि आग्रह गरेपछि युवती अपहरण गर्ने कार्यमा संलग्न रहेका हजरतका दाजु आलम साफीले फिरौतीका लागि नगद ५ लाख माग गरेपछि घटना बाहिरिएको थियो ।

पटक–पटक पीडित परिवार समक्ष अपहरणकारी समूहले रकमको मोलमोलाई गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ । केटी पक्षलाई रकमका लागि ताकेता गर्दै तत्काल २५ हजार बुझाउन भनेपछि केटी पक्षले इटहरी ९ का विशाल राईको नाममा आईएमई गरी पठाएको प्रहरी अनुसन्धानको क्रममा देखिएको प्रहरी नायव उपरीक्षक चिमरियाले बताए ।

रकम बुझाएपनि युवती फिर्ता नभएपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी गरेसँगै अनुसन्धान थालेको प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।

पक्राउ परेका शमसाद अन्सारी हरिनगर गाउँपालिकामा गठन गरिएको सामुदायिक प्रहरी जनसेवा केन्द्रको कार्य समितिमा सक्रिय रहेका व्यक्ति हुन् । अर्का नजिम साफी भुटाहा इनरुवा हँुदै काठमाडौ जाने हाईलक्स गाडीको संचालक रहेका उनी सँगै उनका दाजु आलम साफी र अकबर साफी समेत रहेका छन ।

पक्राउ परेका नजिम साफी, शमसाद अन्सारी, अकबर साफी, आलम साफी र विशाल राईलाई अपहरण तथा शरिर बन्धक मुद्दा अन्र्तगतको मुद्दा दर्ता गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप भै अनुसन्धान अघि बढाइएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *