दुइ जिल्लाका पाँच सामुदायिक विद्यालय नमूना घोषणा

नेपालगन्ज,असार २६ । बाँकेका २ र सुर्खेतका ३ वटा सामुदायिक विद्यालयहरुलाई शिक्षा मन्त्रालयले नमूना घोषणा गरेको छ ।

जिल्ला शिक्षा कार्यालयको प्रारम्भिक मूल्याङकन तथा शिक्षा विभागको स्थलगत अवलोकन सहितको मल्याङकन प्रमाणिकरणका आधारमा बाँकेका २ र सुर्खेतका तीन वटा विद्यालयलाई नमूना घोषणा गरिएको हो । बाँकेको निर्बाचन क्षेत्र नं ४ बाट ज्ञानोदय माबी खजुरा र निर्बाचन क्षेत्र नं १ बाट त्रिभुवन माबी कोहलपुर नमुना बिद्यालय घोषणा भएका हुन । त्यस्तै सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, गुर्भाकोट(६ बडाखोली, निर्वाचन क्षेत्र नं. २ बाट जन माध्यामिक विद्यालय वीरेन्द्रनगर(६ बिशाल बजार र क्षेत्र नं. ३ बाट जनज्योती माध्यामिक विद्यालय कुनाथरी, बड्डीचौर नमूना विद्यालय घोषित भएका हुन् ।

आइतबार बसेको शिक्षा मन्त्रालयको सचिवस्तरको बैठकको निर्णय अनुसार नमूना विद्यालय विकास तथा सञ्चालनका लागि विद्यालयहरु छनौट भएका हुन् । छनौट भएका विद्यालयहरु शिक्षा विभागले आइतबार नै सार्वजनिक गर्दै सम्बधित जिल्ला शिक्षा कार्यालयहरुलाई नमूना विद्यालयका रुपमा छनौट भएका विद्यालयहरुलाई आर्थिक वर्ष ०७३ र०७४ को विद्यालय क्षेत्र विकास कार्यक्रममा व्यवस्था भएअनुसारको अनुदान निकास गरिदिन अनुरोध समेत गरेको छ । देशैभरबाट यसपटक १६७ वटा सामुदायिक विद्यालयहरु नमूना विद्यालयका रुपमा छनौट भएको शिक्षा विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *