बिवाहको तयारीमा जुटे दिपिका र रणवीर

मुम्बई, फागुन २४ । अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह विवाह बन्धनमा बाँधिने भएका छन् । बलिउडका बेस्ट जोडी अन्तर्गत पर्ने यी दुईबीचको प्रेम चलचित्र ‘रामलिला’ को समयमा टुसाएको थियो । रणवीर दीपिका करिब ५ बर्षदेखि एक अर्काको नजिक रहँदै आएका छन् । यी दुबैका आमाबुबाले ३, ४ महिना भित्र बिबाह गर्ने निणर्य गरेको खबर अहिले बाहिर आएको छ ।

रणवीरसँग दीपिकाको बिवाहको कुरो टुङ्गो लगाउन दीपिकाको आमाबुबा गतहप्ता बैंङ्लरबाट मुम्बई आएका थिए । दुबैको आमाबुबाले बिवाहको मिति पनि मिलेर टुङ्गो लगाएका छन् । बिवाहकाे मिटिङ भने दीपिकाको घर ‘प्रभादेवी’मा भएको थियो । मिटिङको समय रणवीर र दीपिका सबै परिवारका साथमा सहभागी थिए ।

दीपिका र रणवीरले बिदेशमा बिवाह गर्ने इच्छा व्यक्त गरेका थिए । तर दुबैको परिवारको मुम्बईमा बिवाह समारोह राख्ने इच्छा रहेको छ । समाचारमा उल्लेख भए अनुसार यी दुबैको बिवाह साउथ इन्डियन रितिरिवाज अनुसार हुनेछ । बिवाह पछि दुबैले रिसेप्सन पार्टी राख्ने योजना समेत बनाएका छन् ।

बिवाह टुङ्गो लाग्ने बितिकै दीपिका बिवाहको तयारीमा जुटिसकेकी छन् । उनी बिवाह सपिङका लागि २ मार्चमा लन्डन उडिसकेकी छन् । यी दुबैको बिवाहमा नजिकका आफन्त र चलचित्रकर्मी मात्र सहभागी हुनेछन् ।

एजेन्सी”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *