सक्नेले काम गर्छ, नसक्नेको जिम्मा सरकारले लिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही नेपाली भोकले मर्न नपर्ने बताएका छन् । बिहिबार राजधानीको भृकुटीमण्डपमा आयोजित सातौ अन्तराष्ट्रिय उद्योग व्यापार मेलाको उद्घाटन गर्दै ओलीले अब कसैले पनि भोकै बस्न पर्ने अवस्था आउन नदिने बताए । ‘अब नेपालमा कोहि भोकै हुनु पर्दैन । त्यसको जिम्मा सरकारले लिन्छ ’, उनले भने, ‘ काम गर्न सक्नेले काम गर्छ । नसक्नेको जिम्मा सरकारले लिन्छ ।’

प्रधानमन्त्री ओलीले बर्तमान सरकारले आधा शताब्दीमा हुने काम पाँचै वर्षमा गर्ने दाबी गरे । आफुहरुसँग धेरै समय छैन भन्दै उनले भने, ‘अबको ५ वर्ष विकास निर्माणको क्षेत्रमा आधा शताब्दी हुनेछ । आधा शताब्दीमा हुने काम हामी ५ वर्षमा गछौं ।’

यस्तै, उनले भ्रष्टचार मुक्त समाज निर्माणका लागि सरकार लागिपरेको बताए । ‘सरकार भ्रष्टचारका विरुद्ध छ । भिजनको पक्षमा छ । रोजगारको पक्षमा छ’ ओलीले भने ।

घुस खानेको त अब के के हुन्छ, हेर्दै जानोस् : यादव

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सरकारले भ्रष्ट ठेकेदार र कर्मचारी कसैलाई पनि नछाड्ने चेतावनी दिए । उनले भने, ‘अब प्रष्ट भए हुन्छ, घुस खुवाउनेको काम अब हुँदैन । खानेको त के–के हुन्छ , हेर्दैजानुस् ।’

यादवले गलत काममा लाग्नेलाई कडा भन्दा कडा कारबाही गरिने चेतावनी दिंदै भने, ‘नेता मन्त्री बनेपछि औषधि गर्न विदेश जान्छन् । कर्मचारी असुली गर्न जान्छन् । तस्करहरु कर्मचारीलाई घुस खुवाउन जान्छन् । अब हामी यस्ता धन्दा बन्द गराउँछौं ।’

नेपाल उद्योग वार्णिज्य महासंघको आयोजनामा शुरु भएको ७औं अन्तराष्ट्रिय व्यापार मेला २०१८ यही फागुन २८ गतेसम्म सञ्चालन हुनेछ । मेलामा भारत, चीन, बंगलादेश, कोरिया, जापान, इजरायल, जर्मनलगायतका मुलुकहरु सहभागी छन् । भृकुटी मण्डपमा आयोजना भएको मेलामा नेपालमा बनेका लत्ताकपडा, हस्तकला, जुता र गलैंचालगायत सामाग्रीहरुको प्रदर्शनी गरिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *