नाइजेरियामा हिंसात्मक घटनामा परी कम्तिमा २४ जनाको मृत्यु

काठमाडौं, फागुन २४ । नाइजेरियाको उत्तर मध्य प्रदेश बेनौ राज्यमा पछिल्लो समयमा भएका हिंसात्मक घटनामा परी कम्तिमा २४ जनाको मृत्यु भएको छ ।

पशुचौपायासम्बन्धी विवादका कारण गत सोमबारदेखि त्यस क्षेत्रमा हिंसात्मक घटना भएको अधिकारीहरुले जनाएका छन् । हिंसामा परी सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएको राज्यका गभर्नर साम ओर्टोमले जानकारी दिनुभएको छ ।

उहाँले त्यस घटनालाई अमानवीय घटनाको रूपमा व्याख्या गर्नुभएको छ । घटनालाई नियन्त्रणमा लिई दोषी पत्ता लगाउन र दोषीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको उहाँले बताउनुभयो । दुई दिनसम्म भएको हिंसाका घटनामा मृत्यु हुनेमध्ये धेरै जसो विद्यालयका बालबालिका रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *