अध्यक्षमाथी आक्रमण गर्न पुगेका विप्लप माओवादीका कार्यकर्ता पक्राउ

सुनसरी, फागुन २४ । सुनसरीको कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारी माथी आक्रमण गर्न पुगेका नेकपा माओवाली (विप्लप)का चार कार्यकर्ता पक्राउ गरेका छन् ।
बुधबार कार्यालय समयमा कोशी गाउँपालिका अध्यक्ष अंसारीको कार्यकक्षमा पसेर चन्दा नदिएको र अटेर गरेको आरोप लगाउदै आक्रमणको प्रयास गर्दा कार्यालयका सहयोगी र कर्मचारीहरुले नियन्त्रणमा लिएर प्रहरीलाई विप्लप माओवादीका कार्यकर्ता जिम्मा लगाएको छ । आक्रमणको लागी दुई जना पुगेको र उनीहरुलाई प्रहरीले पक्राउ गरेपछि थप धम्की दिने पार्टीका थप दुई जना गरी चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ पर्ने विप्लप माओवादीका कार्यकताहरुमा विक्रान्त भन्ने युगल राई , सन्तोश भन्ने राजेन्द्र सिंह विष्ट , मोहन कार्की र लक्ष्मण कार्की रहेका छन् । चारै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिनुभयो ।
घटना पछि कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले गोरखापत्रसंग कुराकानी गर्नुहुदै आफू माथी आक्रमण गर्ने उदेश्यले पुगेको र साथीहरुको साथ र सहयोगले बचेकोले दोषी आक्रमणकारी, चन्दाआतंकारी, त्रास सृजना गर्ने नेकपा माओवाली (विप्लप)कार्यकर्तालाई हदैसम्मको कार्वाही गर्नुपर्ने माग गर्नुभयो ।
अंसारीले मुलुक विकासको गतीमा लागेको बेलामा यसरी चन्दा आतंक , आक्रमण र धम्की जारी रहे काम गर्न समस्या हुने भएकाले पक्राउ परेकाहरुलाई कार्वाही गर्नुपर्ने बताउनुभयो । यस अघि समेत दुहवी नगरपालिकाको तनमुनामा सरकारी कर्मचारी माथी आक्रमण र दुरव्यवहार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *