बाँकेमा पुन मतगणनाको सुनुवाई भयो

नेपालगन्ज असार,२६ । बाँकेको जानकी गाउँपालिकामा पुन मतगणना हुनुपर्ने माग राख्दै अदालतमा परेको उजुरीमाथी आज सुनवाई भएको छ ।

उच्च अदालत तुलसिपुर नेपालगंजका न्यायधिश लेखनाथ पौडेलको एकल ईजलासले बिपक्षिहरुलाई अदालतमा झिकाउने आदेश दिएको छ । दुवै पक्षसंग श्रावण ४ गते छलफल गर्ने मिति तोकिएको छ ।
नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार छब्बन खांको निवेदनमा बरिष्ठ अधिबक्ता भोलासिंह हमााल र अधिबक्ताहरु ईश्वरी ज्ञवाली र लोक बहादुर शाहले बहस गर्नुभएको थियो । जानकि गाउपालिकाका अध्यक्ष राम निवास यादवलाई कुनै पनि काम कारवाहि नगर्ने आदेश संइगै सवै प्रमाणहरु ल्याएर अदालतमा आउन आदेश दिईएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *