कर्णाली नदीको र्‍याफ्टिङमा पर्यटकको आकर्षण

कैलाली, फागुन २३ । कैलाली, पर्यटकीय क्षेत्रका रूपमा विकास भएसँगै घुम्न आउनेको सङ्ख्यामा वृद्धि हुन थालेको छ । कर्णाली नदी चिसापानीदेखि टीकापुरसम्म र्‍याफ्टिङ यात्रा र टीकापुर पार्कमा घुम्न आउनेको संख्यामा बृद्धि भएकाे छ ।

विभिन्न संघसंस्थाले समेत कर्णाली नदीमा र्‍याफ्टिङ गराउने गरेका छन् । पछिल्लो पटक सुरक्षित आप्रवासन परियोजनाले आफ्ना कर्मचारीहरू र पत्रकारहरूलाई कर्णालीको चिसापानीदेखी टीकापुर सम्मको र्‍याफ्टीङ गराएको थियाे ।

कर्णाली चिसापानीदेखि टीकापुर पार्कसम्म २८ किलोमिटर र्‍याफ्टीङपछि अनुभव सुनाउँदै पत्रकार प्रकाशबिक्रम शाहले र्‍याफ्टिङका कारण आन्तरिक र बाह्य पर्यटक आकर्षित भइरहेको बताए ।

सुरक्षित आप्रवासन परियोजनाका संयोजक पञ्चराम चौधरीले भने– ‘कर्णालीमा र्‍याफ्टीङ गर्दै गर्दा देखिने प्राकृतिक दृष्यहरूले आनन्द दिए पनि बीचबीचमा विश्रामका लागि गृहहरू भएमा पर्यटन विकासमा अझै सहयोग पुग्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *