भुवन के.सी लाई लाग्याे चाेरीकाे अाराेप

“काठमाडौँ । नायक भुवन के.सी लाई यतिबेला गीत चोरेको भन्ने आरोप लागेको छ , उनलाई ‘कृ’ फिल्मको ‘उकालीमा पछि–पछि, ओरालीमा अघि–अघि’ बोलको गीतमा चोरीको आरोप लागेको हो । सम्झना फिल्मका निर्देशक शम्भु प्रधानले साे आरोप लगाएका हुन् ।

३३ वर्षअगाडि सयपत्री मुभिज्ले शम्भु प्रधानको निर्देशनमा निर्माण गरेको फिल्म सम्झनाको यो गीतमा त्यतिबेला भुवन केसी र तृप्ती नाडकर देखिएका थिए । त्यही गीत अहिले नयाँ फिल्म ‘कृ’ मा हालिएको छ, जसमा भुवनका छोरा अनमोल र नायिका अदिती बुढाथोकीहरु छन् ।

प्रतिलिपी अधिकार सम्बन्धी ऐन, २०५९ को दफा २५ (१) (क) र (ख) बमोजिमको कसुर गरेका छन्, भुवन केसी र सुवास गिरीले । निर्देशक शम्भुले फिल्मका निर्मातामध्ये भुवन पनि एक हुन् भन्ने दावी गरेका छन् । भुवन भने आफू नभएर सुवास निर्माता भएको बताउँछन् ।

देश–विदेशमा फिल्म चलाएर करोडौँ व्यापार गरिसकेको फिल्म ‘कृ’ ले आफ्नो स्वामीत्वमा रहेको उक्त गीत प्रयोग गरेबापत शम्भु प्रधानले कूल आम्दानीको ५० प्रतिशत रकम क्षतिपूर्तिस्वरुप दावी गरेका छन् ।

तर, केही दिनअघि ‘कृ’ पक्षका कानुन व्यवसायी र प्रहरीले शम्भुलाई ‘दुई–तीन लाख रुपैयाँ लिनुस्, चूप लागेर बस्नुस्’ भनेकाे गुनासाे गर्दै शम्भुले भने, ‘मेरो सम्पत्ति जथाभावी प्रयोग गरेर उनीहरु पैसा कमाउने, म न्याय माग्न जाँदा भिख मागेजस्तो व्यवहार गर्ने त्यस्तो त हुँदै हुँदैन ।’”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *