Abroad Study मा लोकप्रिय र विस्वासिलो ब्राण्ड ‘ग्रेस इन्टरनेशनल’

उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीलाई सहि परामर्श गर्ने प्रतिष्ठित शैक्षिक परामर्श संस्थाका रुपमा स्थापित ग्रेस इन्टरनेशनल सन् २००६ बाट सञ्चालनमा आएको हो । ग्रेस इन्टरनेशनलको मुख्य कार्यालय काठमाडौं पुतलिसडक भएपनि यसले देशका विभिन्न शहरमा शाखा विस्तार गरी विद्यार्थीलाई सेवा प्रदान गर्दै आएको छ ।

ग्रेसका राजधानीको नयाँ बानेश्वरसँगै चावहिल मोफसल बाहिर चितवन, नेपालगञ्ज, पोखरा, हेटौडा र वुटवलमा समेत शाखा कार्यालय रहेका छन् । भने, अस्ट्रेलियाको मेलवर्न, Adelaide र अमेरिकाको टेक्ससमा समेत अन्तराष्ट्रिय शाखाहरु रहेका छन् ।

ग्रेस इन्टरनेशनलबाट विद्यार्थीले Abroad Study का विविध विषयमा नेपाल सरकारबाट मान्यता प्राप्त दक्ष तथा अनुभवी शैक्षिक परामर्शदाताबाट सहि परामर्श पाउन सक्छन् । लामो समय विदेश बसेर आएका, Abroad Study का विषयमा अनुभव हासिल गरेका काउन्सलरहरुले विद्यार्थीको शैक्षिक, आर्थिक र मनोभावना बुझेर काउन्सेलिङ गर्छन् ।

विद्यार्थीले विदेशको सुख–दुखः, अवसरका विषयमा काउन्सलरबाट बुझ्न सक्ने भएकोले विद्यार्थीलाई विदेशमा कसरी स्ट्रगल गर्ने भनेर शैक्षिक तथा मानसिक रुपमा तयार हुन सहयोग पुग्छ । ग्रेसले अस्ट्रेलिया, अमेरिका, क्यानडा, जस्ता विश्वका उत्कृष्ट शिक्षा प्रणाली भएका देशका उत्कृष्ट विश्वविद्यालय र कलेजका लागि काम गर्दै आइरहेको छ । Abroad Study मा जानका लागि चाहिने अन्तराष्ट्रिय भाषा कक्षाहरु IELTS, TOEFL, GMAT, SAT को तयारी कक्षा सञ्चालन हुने गरेको छ । यी सेवाहरु हाम्रा ८ ओटै कार्यालयहरुबाट सहजरुपमा प्राप्त गर्न सकिन्छ । भने, अस्ट्रेलिया र अमेरिकामा रहेका शाखाहरुबाट समेत विद्यार्थीले आवश्यक परामर्श र सेवा पाउन सक्छन् ।

‘हामी विद्यार्थी र अभिभावकलाई सँगै राखेर काउन्सेलिङ गर्छौं’

नेपाली विद्यार्थी विदेश जान किन आवश्यक छ ?

नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गर्न, अन्तराष्ट्रिय डिग्री र सिप हासिल गर्नका लागि विदेश अध्ययन गर्न जाने हो । विगतका केहि वर्षहरुमा विद्यार्थीले अध्ययनलाई भन्दापनि पैसालाई प्राथमिकतामा राखेर गएको पाएका थियौं, तर दुई चार वर्षयता ९० प्रतिशत विद्यार्थीको सोच पहिला उच्च शिक्षा त्यसपछि करियर निर्माण अनी पैसा भन्ने देखिन्छ ।

यसमा कतिपय कुरा शैक्षिक परामर्शदाताको काउन्सेलिङले पनि निर्धारण गरेको हुन्छ । शैक्षिक परामर्शदाताले पढाई र करियर निर्माणको विषयलाई प्राथमिकतामा राखेर काउन्सेलिङ गरेको छ भने, त्यो विद्यार्थीको उद्देश्य पढाई र करियर निर्माण नै प्राथमिकतामा हुन्छ । ग्रेसले यी कुरालाई आत्मसाथ गरेर काउन्सेलिङ गर्दै आएको छ ।

विदेश कमाउन या काम गर्न जाने कुरा काउन्सेलिङमा कसरी भर पर्छ ?

परामर्शदाता कहाँ आएको विद्यार्थीलाई करियर निर्माण र उच्च शिक्षाको महत्वलाई पर सारी विदेश जाने वित्तिकै यति कमाई हुन्छ, यसरी कमाउन सकिन्छ भने, गलत दिशा निर्देश गर्यौं भने, त्यो विद्यार्थीले पढाईमा ध्यान दिन सक्दैन ।

विदेशमा नपढिकन काम मात्र गर्छु भनेर विद्यार्थीलाई छुट छैन । हप्ताको निश्चित घण्टा काम गर्नु भनेको विद्यार्थीलाई त्यहाँ सस्टेण्ड हुन र सिप सिक्नका लागि त्यहाँको सरकारले दिएको सुविधा मात्र हो । विद्यार्थीले पढाइसँगै पार्टटाईम काम गरेर आर्थिक स्थिति सन्तुलन मिलाउनु पर्छ । विद्यार्थीलाई शिक्षाको महत्व कुन देशमा कति छ, त्यसले विश्वमा कति कभर गर्छ, अनि करिअरमा कसरी सपोर्ट गर्छ भन्ने बुझाउनु पर्छ । यसकारण विद्यार्थीलाई पढ्ने कि कमाउने निर्णय गर्न काउन्सलरले गरेको काउन्सेलिङबाट समेत प्रभाव पार्छ ।

कतिपय विद्यार्थीलाई अभिभावकबाट विदेश गएर शुरुमा पैसा नै कमाउनुपर्छ भनेर प्रेसर दिएको पाउनु भएको छ ?

हाम्रो अभिभावकको आर्थिक धरातल त्यत्ति मजवुत पनि छैन की पढाई पुरा नहुन्जेलसम्म विद्यार्थीलाई विदेशमा खर्च पठाईरहन सकुन् । यस्तो अवस्थामा विद्यार्थी विदेश गएपछि चाँडै काममा लागोस्, कमाउन सकोस् अनी घरमा पैसा पनि पठाओस् भन्ने अपेक्षा अभिभावकको हुन्छ र, यो प्रेसर विद्यार्थीलाई पनि हुन्छ । प्रेसर हुन नदिन हामी विद्यार्थी र अभिभावकलाई सँगै राखेर काउन्सेलिङ गर्छौं ।

ग्रेस इन्टरनेशनलले कुन–कुन देशका के कस्ता कलेज विश्वविद्यालयहरुसँग काम गरिरहेको छ ?

ग्रेसले अस्ट्रेलिया र अमेरिका, क्यानडा जस्ता विश्वका उत्कृष्ट विश्वविद्यालय र कलेज भएका देशका लागि काम गर्दै आईरहेको छ । अमेरिकामा स्कलरशीपको सम्भावना धेरै भएकाले स्कलरशीप दाबी गर्न सक्ने विद्यार्थीहरु इच्छुक भएका छन् ।

अस्ट्रेलियामा स्कलरशीप कम उपलब्ध छ । त्यहाँका विश्वविद्यालयहरुले त्यति धेरै स्कलरशीप नदिए पनि पुरै शुल्क तिरेर जाने विद्यार्थी छन् । अस्ट्रेलियाका टप टु फाईभ विश्वविद्यालय र कलेज हामीसँग छन् । ती विश्वविद्यालय र कलेजमा विद्यार्थीहरु आफ्नो अध्ययनलाई उनीहरुले कुन लेभलको अध्ययन खोजिरहेका छन्, त्यही अनुसारको गर्न सक्छन् । कतिपय मध्यमवर्गका विद्यार्थीहरु पनि अस्ट्रेलिया गएर उच्च शिक्षा हासिल गरिरहेको अवस्था छ । अस्ट्रेलियामा आफ्नो आर्थिक अवस्था अनुसार कलेज, भोकेशनल कलेज र विश्वविद्यालय छनौट गर्न सकिन्छ ।

अस्ट्रेलिया गएका अधिकांश नेपाली विद्यार्थीले किन भोकेशनल कोर्ष मात्र रोज्छन् ?

हामीले विद्यार्थीलाई कसरी परामर्श दिईरहेका छौं त्यसले कलेज र विश्वविद्यालय छनौटको आधार तय गर्छ । विद्यार्थीहरुलाई भोकेशनल र विश्वविद्यालय तहको पढाईको फरकका बारेमा जानकारी दिन नसक्दा धेरै भोकेशनल कोर्षमा गएका छन् । भोकेशनल कोर्समा जाँदा विद्यार्थीहरुले डिप्लोमा कोर्स गर्छन् । यो धेरै प्रयोगात्मक शिक्षण शैलीमा आधारित हुन्छ । यसले विद्यार्थीलाई सिपयुक्त बनाउने काम गरिरहेको हुन्छ । भोकेशनल कोर्षमा विद्यार्थीले ब्याच्लर, मास्टर डिग्री सिध्याउने संभावना धेरै कम मात्र हुन्छ ।

तर, विश्वविद्यालय तहमा भने तीन वर्षमा मास्टर्स, डिग्री गर्न सकिन्छ । त्यसले विद्यार्थीको एकेडेमीक योग्यतालाई बढाउँछ । मास्टर्स डिग्री गरिसकेपछि पाउने अवसर धेरै हुन्छन् । तर, यसो भनिरहँदा हामीले भोकेशनल कोर्ष नराम्रो विश्वविद्यालय तहको मात्र राम्रो भनेको हैन । दुवैको आ–आफ्नै विशेषता छ ।

कन्सल्टेन्सीको काम विद्यार्थीलाई बाहिर पठाउने मात्र होकी उनीहरुको करियर डेभलपमेण्टमा भएका गतिविधिलाई नियाल्ने पनि हो ?

कुनैपनि कन्सल्टेन्सीले विद्यार्थीलाई बाहिर पठाईसकेपछि मेरो काम सकियो भनेर वेवास्था गर्छ भने, त्यो एकदमै गलत हो ।
हामी विद्यार्थीलाई विदेश पठाईसकेपछि हाम्रो काम सकियो भनेर कहिल्लै भन्दैनौं । उनीहरुलाई त्यहाँ स्थापित गर्न समेत सहयोग गर्छौं । यसका लागि ती देशहरुमा कार्यालय खोलेका छौं । ती कार्यालयबाट विद्यार्थीलाई काम खोज्न सहयोग गर्ने, कलेजसँग समन्वय गर्ने, विश्वविद्यालयमा आइपरेका समस्याहरु समाधान गर्न सहयोग गर्ने र उनीहरुको परिवारसँग समन्वय गर्ने समेतका काम गर्छौं । अस्ट्रेलियामा अहिले हाम्रो दुई ओटा कार्यालय छन् ।

ग्रेस इन्टरनेशनलले अस्ट्रेलिया गएका विद्यार्थीलाई गार्जेनशीपको भुमिका निर्वाह गरिरहेको छ । विद्यार्थी क्लव तथा स्पोर्टस् क्लव गठन गरी उनीहरुलाई एक जुट बनाउने, उनीहरुले कसरी अध्ययन गरिरहेछन्, कसरी बसिरहेका छन् भन्ने कुरा नियमित रुपमा विद्यार्थीका परिवारलाई अपडेट गराउने कामहरु गर्छौं । विद्यार्थी विदेश जानुअघि विद्यार्थी र विश्वविद्यालय बीच पुलको भूमिकामा हुन्थ्यौँ भने विद्यार्थी गईसकेपछि अभिभावक र विद्यार्थी बीचपनि पुलको भूमिकामा हुन्छौं ।

Abroad Study मा जाने विद्यार्थीले कन्सल्टेन्सी, कलेज र देश छनौट गर्दा के–के कुरामा ध्यान दिनुपर्छ ?

विद्यार्थीले कन्सल्टेन्सी, कलेज र देश भन्दापनि आफ्नो करिअरको लागि के गर्दा राम्रो हुन्छ स्वयंले आफ्नो क्षमता र लेभलको रिसर्च गर्नु आवश्यक हुन्छ । काउन्सलर कहाँ आउनुअघि विद्यार्थीले आफ्नो रुचिको विषय, देशका बारेमा रिसर्च गरेर आयो भने उसँग काउन्सलरसँग सोध्ने धेरै प्रश्नहरु हुन्छन् । केहि रिसर्च नगरी आएको छ भने, काउन्सलरले समेत राम्ररी बुझाउन सक्दैन र विद्यार्थीले पनि बुझ्न सक्दैन । रिसर्चबाट नै विद्यार्थीको शैक्षिक पृष्ठभूमि र रुचि अनुसार कलेज र देश छनौट गर्न सहज हुन्छ ।

Abroad Study मा जान चाहने विद्यार्थीले ग्रेस इन्टरनेशनल नै किन रोज्ने ?

पहिलो कुरा हामी नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक परामर्शदाता हौं । हामीसँग वर्षौदेखि विदेशमा रहेर लामो अनुभव हासिल गर्नुभएका विज्ञ काउन्सलर हुनुहुन्छ । हामीसँग अष्ट्रेलियन क्वालिफाइड एजेन्टहरु नै काउन्सलर छन् जो अस्ट्रेलियन एजुकेसन फ्रेम वर्कमा रहेर काउन्सेलिङ गर्नुहुन्छ । हाम्रा जुनसुकै शाखाहरुबाट विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म परामर्श दिन सक्छौं । हामी विद्यार्थीको करिअरमा फोकस छौं । विद्यार्थीको व्यक्तिगत फाइलहरुको लागि हामी डेडिकेट छौं ।

जो विद्यार्थी अन्तराष्ट्रिय डिग्री हासिल गर्न चाहन्छ । जो विद्यार्थी विदेशमा उच्च शिक्षा हासिल गरेर स्वदेशमा आएर स्थापित हुन चाहन्छ । अथवा आफ्नो भविश्य सुरक्षित र उज्वल गराउन चाहन्छ त्यो विद्यार्थीलाई सहि मार्गदर्शन गराउने मुख्य माध्यम भनेको ग्रेस इन्टरनेशनल नै हो ।

ग्रेसको मुख्य विशेषता भनेको विद्यार्थीलाई सहि काउन्सेलिङ गर्नु हो । धेरै कन्सल्टेन्सीले विद्यार्थीलाई विदेश पढ्न पठाउन अनेक प्रलोभन मात्र पार्दैनन्, विद्यार्थी अभिभावकलाई गलत सुचना प्रवाह समेत गर्छन् । ग्रेस इन्टरनेशनलले विद्यार्थीको शैक्षिक योग्यता, उसको रुचिको विषय हेरेर परामर्श दिने क्षमता राख्छ, यस कारण स्थापनाको छोटो अवधिमै ग्रेस Abroad Study मा जाने विद्यार्थी माझ लोकप्रिय र विस्वासिलो ब्राण्ड भएको छ ।

विद्यार्थीलाई करियर काउन्सेलिङ गर्नेदेखि विदेशका उत्कृष्ट विश्वविद्यालय र कलेजमा भर्ना गर्ने तथा डकुमेन्टेशनका विविध कामहरु ग्रेसबाट हुने गर्दछ ।
यसका अलावा सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रेसले समाजलाई रुपान्तरण गर्ने सवालमा विभिन्न सामाजिक कृयाकलाप समेत गर्दै आईरहेकाे छ ।

ग्रेस इन्टरनेशनललाई नेपाल र अन्तराष्ट्रिय तहसम्म परिचित गराउन यसका म्यानेजिङ डाइरेक्टर रामचन्द्र पौडेलको जति लगनशीलता र मेहनत छ, नेपालमा रहेर त्यसको कुशल ब्यवस्थापन गर्ने र संस्थाको उद्देश्य प्राप्तिमा अहोरात्र खट्ने डाईरेक्टर एण्ड्रयु पौडेलको पनि उत्तिकै योगदान रहेको छ ।

ग्रेस इन्टरनेशनलबाट अहिलेसम्म पाँच हजार बढी विद्यार्थी Abroad Study मा गईसकेका छन् । ती मध्ये धेरै विद्यार्थी डिग्री हासिल गरेर नेपाल आएर स्थापित समेत भईसकेका छन् । धेरै उतै राम्रा कम्पनीमा सेटल भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *