राष्ट्रपतिका लागि कांग्रेसले राईलाई उम्मेदवार बनाउने
२०७४ जेठ १५ गते

“
काठमाडौं, फागुन २३ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसले लक्ष्मी राईलाई उम्मेदवार बनाउने भएको छ। कांग्रेस केन्द्रीय पदाधिकारीहरुबीच राईको नाममा सहमति जुटेको हो। केन्द्रीय कार्यसमितिले यसबारे निर्णय गर्ने एक केन्द्रीय सदस्यले बताए।
वाम गठबन्धनको एमालेले विद्यादेवी भण्डारीलाई नै फेरि पनि राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। उनको जित सुनिश्चित भए पनि कांग्रेसले सर्वसम्मति हुन नदिन सहिद राईकी छाेरीलाई उठाउने भएको हो।
भोजपुरकी राई कांग्रेस नेता देवानसिंह राईकी छोरी हुनुहुन्छ। देवानसिंह २०१५ सालमा बिपी कोइराला नेतृत्वको सरकारमा सहायक मन्त्री हुनुहुन्थ्यो। पछि पञ्चायत कालमा राईको हत्या गरिएको थियो।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








