राजनीतिको छाँयामा ठगी गर्नेलाई तह कस्ले लगाउँने ?

काठमाडौं,असार २६ । नेविसंघ पूर्वउपाध्यक्ष शाह सल्यान स्थायी घर भई राजधानीमा नेतागिरी सँगै ठगीधन्दा गर्ने व्यक्ति हुन् । उनी राजनीतिक छाँयामा रमेर यी सबै कुकर्महरु गरिरहेका छन् भन्दा अन्यथा नहोला । किनकी उनले यति बिध्न ठगी धन्दा गरेर नेपाली अभिभावकहहरुको घरवार उजाड पारिदिँदा राजनीतिक दलहरु किन चुप लाग्छन् । प्रश्न गम्भीर छ । अनुत्तरित नै छ ।

नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाह तिनै व्यक्ति हुन जसलाई बुधबार महानगरीय अपराध महाशाखाले पक्राउ गरि थुनामा राखेको छ । करिब २ करोड ठगी गरेको आरोपमा उनी पक्राउ परेका थिए । यससँगै उनलाई १५ दिन थुनामा राखिने बताइएको छ । मानौँ,अब थुनामुक्त पश्चात् फेरि कता जान्छन् उनी ? के गर्छन ? कस्ले जवाफ दिने यसबारे । नेपालको फितलो कानुनले राजनीतिका छत्रछाँयामा रमेर ठगी धन्दा गर्ने यस्तालाई कस्तो सजाय दिने ।

पूर्वउपाध्यक्ष शाहसहित चारजना विरुद्ध १ करोड ९७ लाख रुपैयाँ उठाएर फरार भएको भन्दै उजुरी परेपछि महानगरीय अपराध महाशाखाले बुधबार उनीहरुलाई पक्राउ गरेको थियो । जापान र अमेरिका पठाइदिन्छौं भन्दै उनीहरुले ठगी गरेका थिए । ठगीएका सबै युवायुवती सल्यान जिलाका स्थायीबासीन्दाहरु भएको थाहा हुन आएको छ । अहिले उनीहरु आफ्नो रकम जसरी भएपनि फिर्ता गरिपाउँ भन्दै महानगरीय प्रहरी अपराध महाशाखामा धाउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *